खराब अवस्था आउन अझै बाँकी रहेको डब्लूएचओको चेतावनी



कोरोनाभाइरसको महामारी सुरु भएको छ महिनापछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सरकारहरूले सही नीति लागु गर्न नथाल्ने हो भने भाइरसको सङ्क्रमण अझै धेरै मानिसहरूमा देखिने बताएका हुन् ।

उनले भने, ‘मेरो सन्देश उही नै हो परीक्षण, पहिचान, आइसोलेशन र क्वारन्टीन ।’ चीनमा गत वर्ष भाइरस देखा परेयता विश्वभरि एक करोडभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ । त्यसबाट ज्यान गुमाउने बिरामीको सङ्ख्या पाँच लाख नाघेको छ । विश्वभरि सङ्क्रमित कुल मानिसको आधा सङ्ख्या अमेरिका र युरोपमा छ। अमेरिकी देशहरूमा सङ्क्रमण बढ्दो देखिन्छ ।

कोरोनाभाइरसले दक्षिण एशिया र अफ्रिकालाई पनि प्रभावित तुल्याइरहेको छ, जहाँ जुलाई महिनामा सङ्क्रमण उच्च विन्दुमा पुग्ने ठानिएको छ । डा. टेड्रोसले भिडियो सन्देशमा भनेका छन्, ‘हामी सबैले यो अन्त्य होस् भन्ने चाहन्छौँ। हामी सबै आफ्नो नियमित जीवनमा फर्किन चाहन्छौँ। तर अप्रिय वास्तविकता के हो भने हामी यो अन्त्य हुने अवस्था नजिक पनि पुगेका छैनौँ।’

उनका भनाइमा कैयौँ देशहरूले त्यसको नियन्त्रणमा राम्रो प्रगति गरे पनि विश्वव्यापी रूपमा महामारी फैलिने गति बढिरहेकै छ । उनले भने, “एक करोड सङ्क्रमित र पाँच लाखजनाको मृत्यु हुँदा पनि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यवद्धताको अभाव र विभाजित विश्व जस्ता डब्ल्यूएचओले पहिचान गरेका समस्याले वास्तावमा भाइरसको सङ्क्रमण विस्तारमा सहयोग पुर्याइरहेका छन्, जसको सम्बोधन नगर्दासम्म खराब अवस्था आउन अझै बाँकी छ।’

उनले जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण दिँदै उनीहरूले चालेका कदम पछ्याउन अन्य सरकारहरूलाई आग्रह गरेका छन् । ती देशहरूले व्यापक रूपमा परीक्षण र सङ्क्रमितको पहिचान जस्ता उपाय अपनाएर प्रकोपलाई नियन्त्रणमा राखेका छन् । अमेरिकामा सङ्क्रमितको सङ्ख्या २६ लाख नजिक पुगेको छ। त्यहाँ एक लाख २६ हजार मानिसले ज्यान गुमाएका छन् । पछिल्ला साताहरूमा लकडाउनबाट बाहिर आएका विशेषगरी दक्षिणी अमेरिकी राज्यहरूमा हालैका दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

सङ्क्रमणको वृद्धिले टेक्सस, फ्लोरिडा र अन्य राज्यहरूका अधिकारीहरूलाई व्यापार-व्यवसायमा प्रतिबन्धहरू कडाइ गर्न बाध्य तुल्याएको छ । बढी प्रभावित दोस्रो देश ब्रजिलमा १३ लाखजनामा सङ्क्रमण पुष्टि भएको छ। त्यहाँ ५८ हजार जनाले ज्यान गुमाएका छन् । महामारी बढेपछि त्यहाँको राजधानी ब्रजिलियामा सोमवार सङ्कटकाल घोषणा गरिएको छ।

ब्रजिलका अधिकांश गभर्नर र मेयहरूले जस्तै ब्रजिलियाका स्थानीय अधिकारीहरूले यो महिनाको सुरुमा पसलहरू खोल्न अनुमति दिँदै सामाजिक दूरी राख्नुपर्ने जस्ता नियमहरू खुकुलो बनाएका थिए ।

पश्चिम युरोपमा सबैभन्दा धेरैको मृत्यु भएको देश ब्रिटेनमा लेस्टर सहरका मेयरले सङ्क्रमणको बृद्धिका कारण पब र रेस्टुराँहरू थप दुई साता बन्द हुने बताएका छन् । इङ्गल्यान्डका बाँकी भागमा सप्ताहन्तमा प्रतिबन्ध खुकुलो बनाइँदै छ जसमा पब, रेस्टुराँ, होटल र सलोनहरू खोल्न दिने भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई