काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले आफूलाई भारतले हटाउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सत्तारूढ नेकपाले प्रष्ट्याउनु पर्ने बताएको छ । सोमबार ट्वीट गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भारतले हटाउन खोज्दैछ भन्ने प्रधानमन्त्रीले नै भनेपछि नेकपाले यसबारे देशलाई प्रष्ट्याउन जरूरी भएको बताएका हुन् ।
उनले लेखका छन्, ‘भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रष्टाउन जरूरी छ।’ शर्माले ट्वीटमा थप लेखेका छन्,‘ पारित नक्सा न प्रमले दिएको ब्यक्तिगत अटोग्राफ हो,न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी ! सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनैतिक पहलको ञच्याप्टर क्लोजझ गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक ! भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छः
१. प्रधानमन्त्री बनाउन र हटाउन नेकपासंग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासंग छ कि छैन ?
२. छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन ?
कोरोनासंग जुध्न असफलतापछि जनताले परिवर्तन खोजेका छन् ,सहयोद्धाहरुले जोगाइदिए तिनलाई धन्यवाद दिनोस् । विदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस् । हटाउन लागे भनेर सार्वजनिक रुवाबासी गर्नु शोभनीय भएन ! थैली राम्रोसँग नबाँध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन प्रधानमन्त्री ।’
मदन भण्डारीको जन्मोत्सवका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन खोजेको बताए थिए ।


प्रतिक्रिया