विश्वमा पछिल्लो ६ दिनमै थपिए १० लाखभन्दा बढी कोरोना संक्रमित



विश्वभर ५५ लाख ५३ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । १ करोड २ लाख ४२ हजार ९ सय ३२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ५५ लाख ५३ हजार १ सय ७ जना कोरोनामुक्त भएका छन् ।

यस्तै संक्रमितमध्ये ५ लाख ४ हजार ३ सय ६६ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ४१ लाख ८५ हजार ४ सय ५९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५७ हजार ६ सय ७० जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २६ लाख ३७ हजार ७७ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २८ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ । संक्रमितमध्य १० लाख ९३ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा १३ लाख ४५ हजार बढी, रसियामा ६ लाख ३४ हजार, भारतमा ५ लाख ४९ हजार, बेलायतमा ३ लाख ११ हजार बढी संक्रमित भएका छन् । पछिल्लो ६ दिनमा मात्रै विश्वमा १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीजी, देउवाजी र प्रचण्डजीहरूको यो सन्दर्भ

केशवप्रसाद भट्टराई । १. ओलीजी जस्ता कहाँ सीधा जानु पर्दछ र कहाँ बाँकटे

उनी

उनी सहनशील छिन् उनी सहनशील छिन् धर्ती माताजस्तै सहिदिन्छिन् धर्तीका बोझहरुलाई पनि …

फास्ट ट्रयाकको काम सेनाले २०८१ मङ्सिरसम्म पूरा गर्ने

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणको बलियो आधारशिला तयार भएकाले

महाकाली घटनाबारे भारतीय पक्षसँग संवाद गरी यथार्थ सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा