थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२,७७२ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६३जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १२,७७२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४९६२ जनाको पीसीआर विधिबाट र २७३२ जनाको आरडिटी विधिबाट नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइन ६१,७३१, आइसोलेसनमा ९,७३१ रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार १७९ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३,०१३ पुगेको छ । रेडजोनमा ५१४ रहेका मन्त्रालयले जनाएको छ ।