दुई करोड अमेरिकीलाई कोरोना संक्रमण !



स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन् । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ ।

सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो कुरा बाहिर आएको हो । अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा सङ्क्रमण देखिएको छ । त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ । केही दिनदेखि केही दक्षिणी र पश्चिमी राज्यहरूले सर्वाधिक सङ्क्रमण भएको विवरण सार्वजनिक गरिरहेका छन् । वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ ।

तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १ लाख ४६ हजार मात्र हुने उसको भनाइ छ । सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले अहिले जति सङ्क्रमणहरू थाहा भएका छन् वास्तवमा ती हरेक सङ्क्रमणमा अन्य १० सङ्क्रमण भएका हुनसक्ने बताए । त्यसको कारण लक्षण देखिएकाहरूमा मात्र परीक्षण हुनु र अन्यमा नहुनु भएको उनले बताए ।

उनले भने, ‘हामीले अपनाएको विधिका आधारमा मार्च, अप्रिल र मे महिनामा हामीले सम्भवतस् महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला।’ उनले पाँचदेखि आठ प्रतिशतसम्म जनसङ्ख्या भाइरसको सम्पर्कमा आइसकेको भन्दै अमेरिकीहरूलाई सामाजिक दूरी कामय गर्न, मास्क लगाउन र हात धुन आग्रह समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति