गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, स्याङ्जा, बागलुङ, नवलपरासीमा गरी थप २५ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।