कोभिड-१९ को उपचारमा पतंजलीको औषधि



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विद् ।

आज योगगुरु रामदेव तथा आचार्य बालकृष्णको पतंजली योग तथा आयुर्बेद संस्थानले कोरोना संक्रमण ३-१५ दिनभित्र निको गर्ने दावीका साथ केहि औषधिको घोषणा गरेको छ |
.
पतंजली अनुसन्धान केन्द्र र NIMS युनिभर्सिटी, जयपुरको संयुक्त पहलमा भएको अनुसन्धानमा यी औषधिले ६५ % बिरामीलाई ३ दिनभित्र कोरोनामुक्त भएको तथा मृत्युदर शुन्य भएको बताइएको छ | स्याम्पल साइज सानो भएको तथा कुन कुन उमेर र अवस्थाका बिरामीमा परीक्षण भएको भनेर बिस्तृत विवरण नआएको हुँदा यसको प्रभावकारिता अध्ययन हुन बाँकी नै छ |
१. दिव्य कोरोनिल ट्याब्लेट ( गुर्जो, अश्वगन्धा र तुलसी मिलाएर बनाएको )
२. दिव्य श्वासारी बटी ( खोकी तथा दममा प्रयोग गर्ने जडिबुटी मिलाएको )
. दिब्य अणु तेल ( नाकमा राख्ने, षड्बिन्दु तेलजस्तै )
.
यसको साथै पतंजलीले उत्पादन गरेका स्वाशरी क्वाथ, अश्वशिला क्याप्सुल, च्यवनप्रास, मह, घ्युकुमारीको जुस, गुर्जोको रस, शिलाजित क्याप्सुल, बेसार तथा केशर आदिलाई कोभिड इम्युनिटी भनेर प्रचार गरिएको छ |
कोभिड १९ को उपचार तथा खोप नभएको समयमा यी औषधि पतंजलीजस्तो बहुप्रचारित तथा ब्यबसायिक संस्थाले उत्पादन गरेको हुँदा खरबौंको ब्यापार हुने निश्चित छ |
.
यी औषधिको अध्ययन गर्दा के निष्कर्ष पाइन्छ भने हामीले इम्युनिटी पावर बढाउन प्रयोग गरिरहेका, हाम्रो देशमा प्रशस्त उत्पादन भएका गुर्जो, अश्वगन्धा, तुलसी, बेसार, दालचिनी, तेजपात, अदुवा, मह आदि प्रयोग गरिएकोले नेपालको लागि यी औषधि नयाँ हैनन् | यी जडिबुटी प्रयोग गरेमा पतंजलीको औषधि खोज्नु र पर्खिनु पर्दैन | यसै पनि कोरोना संक्रमणको मृत्युदर २-३ % मात्र छ | ९० % संक्रमितलाई उपचारको जरुरत पर्दैन | तथापी यो प्रयासलाई सकारात्मक रुपमा लिनु उपयोगी हुन्छ |
.
NAST,NHRC, NAMRC आदि अनुसन्धान गर्ने संस्थाहरुले यी जडिबुटीमाथि अनुसन्धान गर्नु जरुरी छ | पतंजलीले निकालेका उत्पादनको अध्ययन गर्दा यी औषधि एन्टिभाइरलको रुपमा भन्दा पनि इम्युनिटी पावर बढाउन उपयोगी हुने निष्कर्ष निकाल्न सकिन्छ |
.
यी बनस्पति हाम्रो देशमा प्रशस्त भएकोले हामीले लाभ लिन सकिन्छ | कोभिडबाट बच्नको लागि सुरक्षा सतर्कता अपनाऔं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं अनि खोपको आशा गरौँ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिजेल र मट्टितेलको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँः परराष्ट्रमन्त्री राणा

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश

कांग्रेसले टुंग्यायो आठ जिल्लामा उपनिर्वाचनका उम्मेदवार(सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कोशी

उर्जाराज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा परेको विषयमा राज्य व्यवस्था समितिमा र्‍याखर्‍याख्ती

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता तथा उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ