थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९,५६१ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९,५६१ पुगेको छ । क्वारेन्टाइनमा रहेनेको संख्या ९० हजार ७ सय ३० रहेको छ ।

त्यस्तै आइसोलेनसमा ७ हजार ७ सय ८९ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा ३७० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको र अहिलेसम्म पीसीआर विधिबाट १ लाख ८१ हजारको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य

प्रा. सुदर्शनप्रसाद नेपाल नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला

  कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् ।