वार्तामार्फत विवाद समाधान गर्न भारत र चीनलाई नेपालको आग्रह



काठमाडौं । नेपालले चीन र भारतले सीमा विवाद वार्तामार्फत समाधान गर्ने विश्वास व्यक्त गरेको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी भारत र चीनबीचको विवादका बारेमा औपचारिक प्रतिक्रिया दिएको हो ।

नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत नेपालको रहेको मन्त्रालयले बताएको छ । चीन र भारतका सैनिकबीच गलवान क्षेत्रमा हिंसात्मक झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको छ । चीनतर्फको क्षतिका बारेमा अहिलेसम्म चीनले केही बताएको छैन ।

चीनले भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहटमा घटना भएको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भारतीय फौज चिनियाँ भूभागमा प्रवेश गरेर आक्रमण गरेपछि भीषण युद्ध निम्तिएको बताएका हुन् । शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी सेना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै