थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८,६०५ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोराना संक्रमितको संख्या ८,६०५ पुगेको छ । त्यस्तै शनिबार रेडजोनमा तीन जना परेका छन् ।
क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २ हजार रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६९ हजार, आरडिटी विधिबाट २ लाख ५२ हजारको परीक्षण गरिएको छ । त्यस्तै आइसोलेसनमा ७ हजार र डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।