गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ ।