गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान दिएको जानकारी अनुसार पर्वतका चार जना र नवलपरासी पूर्वमा थप एक जनामा संक्रमण पुष्टि भएको हो।

पर्बत कुश्मा नगरपालिका ६ वर्षीय बालर र १७ वर्षीया युवती तथा जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७ वर्षका पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षीय अर्का युवामा कोरोनको संक्रमण पुष्टि भएको छ।

त्यस्तै नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए