गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा, नवलपरासी, तनहुँ, पर्वत जिल्लमा गरी ३७ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।