थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४,६१४ पुग्यो



काठमाडौं । नेपालमा बिहीवार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

यो संगैनेपाल नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । हालसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ । त्यस्तै अहिलेसम्म पीसीआर बिधिबाट १,१५, ९३० र आरडिटी बिधिबाट १, ७५ ,१४१ परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार हाल मुलुकभर तीन हजार सात ३८ जना आइसोलेशनमा छन् भने १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार