थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



काठमाडौं । नेपालमा मंगलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मङ्गलबार तीन सय २३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको छ । विभिन्न जिल्लाका गरी दुई सय ९२ जना पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

थपिएका सहित तीन हजार सात सय ९८ पुरुष र दुई सय ८७ महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । चितवनको भरतपुर अस्पतालमा भरतपुर ११ का पुरुषको ज्यान गएको उनले बताए ।

त्यस्तै हालसम्म ५ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता गौतलले जानकारी दिए । नेपालमा हाल १ लाख ६ हजार तीन सय ३१ र आरडीटि १ लाख ६६ हजार १ सय ५८ जनाको कोरोना परिक्षण गरिएको छ । त्यस्तै हाल आइसोलेशनमा ३४८७ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन