कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५७ पुग्यो
काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका थप १० जनामा सल्यानका पाँच जनामा र सुर्खेतका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ ।