न्यूजील्यान्डमा कोरोना संक्रमण शून्यमा



न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले देशमा सोमवार मध्यरातदेखि कोरोनाभाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्याइने घोषणा गरेकी छन् । त्यसको अर्थ मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन् । तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ । सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ । आर्डर्नले न्यूजील्यान्डले भाइरस जित्न अभूतपूर्व रूपमा एकताबद्ध भएर काम गरेको बताइन् ।

आर्डर्नले ’तर भाइरस निर्मूल नहुने त्यसैले निरन्तरको प्रयास आवश्यक पर्ने’ चेतावनी दिइन् । उनले भनिन्, ‘न्यूजील्यान्डले कोरोनाभाइरसको नयाँ सङ्क्रमण अवश्य पनि फेरि देख्नुपर्नेछ।’ गत हप्ता प्रशान्त महासागरीय टापु राष्ट्र फिजिले उसको अन्तिम कोरोनाभाइरस सङ्क्रमित व्यक्ति सञ्चो भएपछि आफैले आफूलाई कोभिड १९ मुक्त घोषणा गरेको थियो । सोमवार न्यूजील्यान्डले त्यस्तै घोषणा गरेपछि फिजिका प्रधानमन्त्रीले ट्वीटरमा न्यूजील्यान्डलाई बधाइ दिएका छन् ।

न्यूजील्यान्डमा अब एउटा पनि सक्रिय कोरोनाभाइरस सङ्क्रमण बाँकी नभएपछि न्यूजील्यान्डले भाइरस जितेको जस्तो देखिएको छ । शुरूमा न्यूजील्यान्ड असाध्यै छिटो र बृहत् लकडाउनमा गयो । उसका सीमा नाकाहरू १९ मार्चमा बन्द गरिए। त्यतिबेला न्यूजील्यान्डमा ३० वटा मात्र भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

सात दिनपछि उच्च तहको सतर्कतामा मुलुकलाई लगियो। न्यूजील्यान्डमा कडा लकडाउन लगाइयो । पाँच हप्ताको कडा लकडाउनपछि केही घर लगेर खान मिल्ने ’टेकअवे’ पसलहरू र केही कम अत्यावश्यकीय व्यवसायहरू पनि खोल्न अनुमति दिइएको थियो । अन्त्यमा अप्रिलको अन्त्यतिर नयाँ सङ्क्रमण झण्डै शून्यमा झर्यो।

त्यसपछि त्यहाँ झन् धेरै प्रतिबन्धहरू खुकुलो बनाइयो । अहिले भाइरस समाप्त भएजस्तो देखिन्छ। तर प्रधानमन्त्री जसिन्डा आर्डनले लामो समयसम्म सीमा नखोल्ने बताएकी छन् । न्यूजील्यान्डमा जम्मा १५०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीनको मृत्यु

बर्दिया । बँदेल मार्न राखेको विद्युतीय धरापमा परि बर्दियामा एकै परिवारका तीन जनाको

करिश्मालाई केपी ओलीको फोनः परीक्षा कस्तो भैरहेको छ ?

फोन आउँदा मेरो मोबाइल स्क्रिन मा केपी शर्मा ओली भन्ने आयो म छक्क

हनुमाढोका परिसरमा उठाइयो इन्द्रजात्राको लिङ्गो(फोटोफिचर)

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको

कांग्रेस शीर्ष नेताबीच क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी