थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४४८
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरमा गरिएको परीक्षणमा झापाका २, सुनसरीका २ र मोरङका दुई जना, कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मोरङका एक जनामा, हेटौंडामा गरिएको परीक्षणमा धादिङका एक जनामा, जनकपुरमा गरिएको परीक्षणमा रौतहटका १, धनुषाका एक, सिरहाका २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जना, प्यूठानका १, रोल्पाका १ कपिलवस्तुका एक जनामा, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जनामा, धुलिखेल अस्पतालमा गरिएको परीक्षण्मा सर्लाहीका ५७ जनामा, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका एक जना र उदयपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या तीन हजार ४ सय ४८ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या ४ सय ६७ पुगेको छ ।