प्रधानमन्त्रीको गोकुल मोह !



भरत दाहाल ।

विदेशी मिशनमा प्रयोग गरिएका निम्छरा दलालहरुको नेतागिरी सामान्य मानिसलाई बुझ्न कठिन छ । ओलीले राजेन्द्र महतोलाई प्रयोग गरेर कथित मधेशवादीका तर्फबाट संविधान संसोधन प्रस्ताव हाल्न लगाएका छन् । उता कृष्ण प्रसाद सिटौलाले आफू नदेखिएर प्रदीप गिरी, विमलेन्द्र निधि र अमरेशकुमारको नेतृत्वमा उही ब्यहोराको अर्को संविधान संसोधन प्रस्ताव हाल्न लगाएका छन् । नेपालको नक्शा मन्त्री परिषदबाट पारित भएपछिको दलाल राजनीति ओली र सिटौलाको संयुक्त योजनामा अघि बढाउन खोजिएको छ । बाहिर एउटा दलको सरकार देखिए पनि भित्र ओली र सिटौलाको कमानमा सरकार परिचालन गरिएको छ।

नक्शा पारित गरेपछि दुईवटा उही ब्यहोराका संशोधन प्रस्ताव दर्ता गर्न लगाउनुको कारण हो, निशान छापको प्रस्तावलाई लम्ब्याएर पश्चिमा शक्तिहरु र ईण्डियनहरुका बिचमा वार्गेनिङको समय निकाल्नु, सबै संशोधन प्रस्ताव एकै पटक पारित गर्नु पर्छ भन्ने पक्षमा मत विभाजन गरेर एमसीसी छिराउने बाटो बनाउनु र सो वार्गेनिङका आधारमा सिंहदरबारको कुर्सिका लागि दलालहरुका बीचमा नयाँ समीकरण बनाउनु । यसका लागि राजेन्द्र महतोलाई मन्त्री बनाउने कुरा चलिरहेको छ भने संसदमा निशान छाप संशोधनको प्रस्ताव लगेर ओलीले त्यसलाई वोर्गेनिङको विषय बनाउँदै ईण्डियनहरुसंग कुर्सिको सुरक्षाका लागि वार्ता गर्न गोकुल बास्कोटालाई दूतका रुपमा नियुक्त गरेर हिंजो लैनचौरमा पठाएका छन् ।

पश्चिमाहरु र ईण्डियनहरुका बिचमा चीनको विरोधको प्रश्नमा कुनै सहमति नभए नक्शाको मुद्दा अघि बढ्ने संभावना छ । त्यस्तो कुनै सहमति कायम भएको खण्डमा कथित मधेशवादी र कांग्रेसका नाममा दर्ता गरिएका अरु दुई वटा संसोधन प्रस्तावका बारेमा पनि सहमति कायम गर्नुपर्छ भन्ने बहानामा विभाजन ल्याएर नक्शाको प्रस्ताव लम्ब्याउँदै गएर तुहाउने संभावना छ । यदि यी दलालहरुको अनुहार उदांगो भएर व्यापक विरोध हुने संभावना बढ्यो भने त्यसलाई नियन्त्रण गर्न यीनीहरु संकटकाल लगाउने तयारीमा लागेका छन् । कोरोना नियन्त्रणका नाममा सेनालाई परिचालन गर्ने योजनाको लगत्तै स्वास्थ्य संकटकाल लगाउने जुन कुरा सार्वजनिक भएको छ, त्यो स्वास्थ्य संकटकाल नभएर यसका बहानामा राजनीतिक संकटकाल लगाउने पूर्व तयारी हो।

स्वास्थ्य संकटकालको घोषणासंगै स्वास्थ्य मामिलाको बहानामा संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन हावी हुन जान्छन् । ती संस्थाहरुको कभरमा यहाँ आउने ईण्डो पश्चिमा शक्तिहरु नै हुनेछन् । यी विदेशी संस्थाहरुको कभरमा विदेशी पसाउने र स्वास्थ्य संकटकाललाई राजनीतिक संकटकालका रुपमा दुरुपयोग गरेर अहिले पूरा गर्न नसकिएका साम्राज्यवादी योजनाहरु कार्यान्वयनमा लैजाने रणनीतिमा ओली लागेका छन् । नेपालबाट कमजोर हुँदै गएको ‘रअ’ र पश्चिमाहरुको भूमिकालाई एउटा अराजकता सिर्जना गरेर बलियो बनाउने रणनीति नै ओली र सिटौलाका बिच अहिले कायम भएको एकताको मूख्य आधार हो। कांग्रेसको एउटा पंक्ति ओलीको पक्षमा खुलेर लाग्दैछ। यीनीहरूको भित्रि गतिविधि र तयारी हेर्दा निकट भविष्यमैं कसैमाथि प्रहार गरेर देशमा कुनै ठूलो दुर्घटना उत्पन्न गराइन सक्ने संभावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

  काठमाडौँ । सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह