धन-सम्पत्ति !
डा. गोविन्दशरण उपाध्याय ।
दानं भोगो, नाशस्तिस्रो गतयो भवन्ति वित्तस्य | यो न ददाति न भुंक्ते तृतीया गतिभवति |
धनका तीनबटा गति हुन्छन् – अरूलाई दिने, आफुले प्रयोग गर्ने वा तेसै मासिने | कसैलाई दिन नसक्ने र आफैले पनि प्रयोग गर्न नसक्नेको धन आफै नष्ट हुन्छ |
नीतिशतक – ४४
आजभोली दान संस्कृतिको तीब्रतर विनाश हुँदैछ | मान्छेहरूले दान दिने कार्यलाई अनावश्यक ठान्न थालेका छन् वा भनौं तथाकथित आधुनिकताले दान संस्कृतिको हुर्मत लिएको छ | वैदिक संस्कृतिले व्यक्तिगत सम्पत्तिको अधिकारलाई पूर्ण सम्मान गर्छ र आफुले कमाएको मध्ये १०% राजस्व, १०% देवश्व र १२% अशक्तहरूलाई दिनु पर्ने वैदिक आदेश छ |
हरेक व्यक्तिले आफ्नो क्षमता र दक्षता प्रयोग गरेर धन आर्जन गर्न र तोकिएको दान गरेपछिको धन स्वेच्छाले खर्च गर्न सक्छ | दोस्रो “भोग” शब्द आर्जित धन प्रयोग गर्नुपर्छ भन्ने प्रेरणा दिन प्रयोग भएको हो | धन कमाएर दान पनि दिन नसक्ने र आफ्नो लागि पनि खर्च गर्न नसक्ने मूलत: कृपण हुन् | एस्ता कृपणहरूले कमाएको धनको कुनै अर्थ छैन |
यदि हामीले नीतिशतकको उपरोक्त भनाईमा ध्यान दियौं भने के बुझ्न सक्छौं भने राजश्व वाहेकका शिर्षकहरू स्वेच्छिक हुन् | धर्मपूर्वक आर्जित गरेको धनबाट धनिले स्वेच्छाले मन्दिर, वाटाघाटा, बगैचा, अस्पताल, धर्मशाला इत्यादि निर्माण गर्थे | आज यो प्रचलन समाप्तझैं भएको छ | मान्छेहरू र राज्यका विषय कर असुल्ने र कर ठग्ने जुहारी नै चलेको छ |
तेसैले धन कमाउनु भएका र कमाउने इच्छा राख्नेले धनको सदुपयोग गर्न देवस्व, राजश्व तथा भूतश्व श्वेच्छाले तिन्रुपर्छ |