यी प्रण गरौं, कोरोनालाई जित्न सकिन्छ



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ|

नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने दर उच्च हुँदैछ | कोरोना भाइरस संक्रमित एकजना व्यक्तिले औसत २ देखि ३ जनालाई संक्रमण सार्न सक्दछ | त्यसैले १ जना संक्रमित हुँदा २-३ जना, १०० जना संक्रमित हुँदा २००-३०० जना र १ हजार संक्रमित हुँदा २००० – ३००० जनामा संक्रमण सर्नु स्वाभाविक मानिन्छ | आगामी दिनमा पनि संक्रमितको संख्या बढ्दै जानेछ | कोरोना संक्रमितको संख्या बढ्यो भनेर हामी आत्तिनु हुँदैन |
..
हरेक नागरिकले ‘ म कोरोनाबाट बच्नेछु, मेरो परिवार र समाजलाई बचाउनेछु |’ भनेर प्रण गर्यौं भने कोरोना संक्रमणको चढ्दो गति घट्दै ओर्लिनेछ | यसको लागि निम्न लिखित प्रण गरौँ :
..
१. म बिनाकाम घरबाहिर जाने छैन |
२. घरबाहिर जाँदा सहि तरिकाले मास्क, चस्मा र पंजा लगाउनेछु | बाटोमा मास्कबिना हिंडेको कोहि देखेमा मसंग खल्तीमा भएको नयाँ मास्क उसलाई दिनेछु |
३. मैले जहाँपनि ६ फिटको भौतिक दुरी राखेर हिंड्नेछु / बस्नेछु | यसको लागि पर्खने, अरुलाई बाटो दिने गर्नेछु | दुरी कायम गर्न अरु व्यक्तिलाई पनि अनुरोध गर्नेछु |
. म भीडभाडमा जाने छैन | कोरोना संक्रमण भीडभाडबाट सर्छ भन्ने कुराप्रति म सचेत छु |
५. मैले बाटो वा अन्य कार्यालयमा खल्तीमा राखेको स्यानिटाइजर प्रयोग गर्नेछु | घर, अफिस लगायत ठाउँमा साबुनपानीले नियमित हात धुनेछु | अन्य व्यक्तिलाई पनि हात धुन प्रेरित गर्नेछु |
६. घर पुगेपछि मैले प्रयोग गरेका मास्क तथा पंजालाई खाल्डोमा गाड्नेछु | चस्मा, झोला, बाहिरी कपडा सकभर घरबाहिर वा कोठाबाहिर राख्नेछु | घरभित्र पुगेपछि साबुनपानीले मिचिमिची हात धुनेछु | नाक, मुख तथा आँखामा हात लाग्ने बानी छोड्नेछु / छोडाउनेछु |
७. कोरोना भाइरस श्वासप्रश्वासजन्य भाइरस भएकोले फलफूल, तकारी, खाधान्न आदिलाई राम्रोसंग सफा गर्यो भन्ने सर्दैन भन्ने तथ्य मैले बुझेको छु |
८. कोरोना संक्रमितमध्ये ८५ % लाई लक्षण नदेखिएर वा सामान्य देखिएपनि आफै निको हुन्छ | ८ प्रतिशतलाई सामान्य उपचारले निको हुन्छ | ७ % लाई आइसीयु \ भेन्टिलेटर चाहिने हुनसक्छ | मृत्युदर ३ % मात्र छ, त्यो पनि जोखिमबर्गलाई भन्ने तथ्य मैले बुझेको छु | नेपालमा कोरोना संक्रमणको मृत्युदर अहिलेसम्म ०.४ % पनि छैन भन्ने थाहा पाएको छु | तसर्थ डराउनुपर्ने कारण छैन भन्ने मैले बुझेको छु |
९. मैले आधिकारिक सुचना र बिज्ञको भनाइ / सल्लाहमात्र पत्याउनेछु | भ्रम र हल्लाको पछि लाग्ने छैन |
१०. कोरोना भाइरससंग लड्न इम्युनिटी पावर बढाउन म अग्रसर हुनेछु | यसको लागि अमिला फलफूल, हरिया सागसब्जी, दुध, गेडागुडी, अण्डा, गुर्जो+तुलसी +बेसार + ज्वानो + अदुवा मिलाएको सुप खानेछु, घाम ताप्नेछु, व्यायाम गर्नेछु | चिन्ता गर्नेछैन | रक्सी, चुरोट र सुर्ती खाने छैन |
११. यो भाइरस केहि बर्ष रहेपनि म बचेर आफ्नो काम गर्नेछु | मानसिक तनाब, चिन्ता लिने छैन | सतर्क हुनेछु तर डराउने छैन |
१२. कोरोना संक्रमित, निको भएका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, संचारकर्मी, खाध्य ढुवानीकर्मी तथा सरकारका नीतिनियमलाई सम्मान गर्नेछु | बायस हुनेछैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

  काठमाडौँ । सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह

‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले

‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै कुलमानलाई उर्जा मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई