स्याङ्जामा पाँच र पर्वतमा पाँच जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा थप दश जनामा कोरोना संक्रमण भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र बिरुवा गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २० का १ जना पुरुष गरि स्याङ्जामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यसैगरी पर्वतको फलेबास नगरपालिका घर भई कुश्मस्थित क्वारेन्टाइनमा रहेका बर्ष २० र ४० का २ जना पुरुष र महाशिला गाउँपालिका ठेगाना भई कुश्मास्थित क्वारेन्टाइनमा रहेका बर्ष १९, २० र २१ का तीन जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।