थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १,८११ पुग्यो
काठमाडौं । सोमबार थप १३ जनामा कारोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीमा गरी १३ जना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १८११ पुगेको मन्त्रालयले जनाएको छ ।