२२६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १,७९८ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झापामा दुई जना, नवलपरासीमा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ आएको छ। जसमा अधिकांश दैलेखका छन्। प्रदेश अस्पताल तथा पशुपंक्षी प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी सल्यानका १० जनामा संक्रमण देखिएको छ। त्यस्तै सुर्खेतका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ।

कपिलवस्तुका २, रौतहटका १८ जना, बाँकेका सात जना, दाङका ९ जना, धनुषाका ७ जना, कपिलवस्तुका ३६ जना, महोत्तरीका २, मकवानपुरका एक, सर्लाहीका ३८ जना, सिरहाका ५ जना, उदयपुरका एक जना, अछाम एक, कैलालीका १४ जना, बैतडीका एक, डोटीका एक र कंचनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या १,७९८ पुगेको छ । यीमध्ये २२१ जना निको भइ डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता