कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, संक्रमितको संख्या १५ सय ६७
काठमाडौं । नेपालमा आइतबार थप १६६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तनहुँका एक, स्याङ्जाका दुई जनामा, पर्साका ५ जनामा, कालीकोटमा १३ जनामा, दैलेखका १८ जनामा, बाजुरामा एक जनामा, सल्यानका २५ जनामा, सुर्खेतका एक जनामा, कपिलवस्तुका एक जनामा, बाँकेका ८ जनामा, सप्तरीका १२ जनामा, कैलालीका तीन जनामा, बाजुराका २ जनामा, झापाका ४ जनामा, मोरङका एक जनामा, धनुषाका २१ जनामा, कपिलवस्तुका ४ जनामा, रौतहटका २९ जनामा र सर्लाहीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ मा १६५ जना, प्रदेश २ मा ६२४ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २३ जना, प्रदेश ५ मा ५६० जना, कर्णाली प्रदेशमा १२३ जना र सुदूरपश्चिम प्रदेशमा २७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
योसँगै कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । त्यस्तै देशभर एक लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।
त्यस्तै अस्पतालमा उपचारतको संख्या १ हजार ३४९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २२० पुगेको छ । त्यसमा १७२ पुरुष र ४८ महिला छन् ।
यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । दैलेखमा एक पुरुष र बाजुरामा एक दुई वर्षीया बालिकाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको मन्त्रालयले जनाएको छ ।