एक सय ८९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १, ४०१ पुग्यो



काठमाडौं । शनिबार नेपालमा १८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनुषाका सात जनामा, झापाका एक, कपिलवस्तुका ७७ जना, ललितपुरका एक जना, महोत्तरीका चार जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना, सिरहाका ११ जना, रुपदेहीमा २६, कपिलवस्तुका २९ जना, सप्तरीका नौ जना, कपिलवस्तुका ३ जना, दाडका पाँच जना, बाराका एक जना, पर्साका २ जना, दैलेखका १४ जना, संखुवासभाका २ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । मृत्यु हुनेको संख्या ६ पुगेको छ । हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि प्रवक्ता देवकोटाले बताए ।

यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ । त्यस्तै हालसम्म नेपालमा पिसिआर ६६,७२९, आरडिटि १ लाख ७ हजार ५५ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलाली र कञ्चनपुरमा गरी थप ४८ जनामा कोरोना संक्रमण

काठमाडौं । कैलाली र कञ्चनपुरमा गरी थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको

डा. केसीको जीवन रक्षाका लागि सरकारसँग नागरिक अगुवाहरुको अपील

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न

थप १५७३ जनामा कोरोना संक्रमण, ८८५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको