अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबैप्रकारको सम्बन्ध तोडेको ट्रम्पको घोषणा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै ट्रम्प प्रशासनले उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो । ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आइरहेको थियो ।

अमेरिकाको यो निर्णय वासिङ्टन र चीनबीच पछिल्लो समय बढ्दै गएको तनावकाबिच आएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ । धेरैले यसलाई अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्दै आएका छन् । ट्रम्पको यस कदमलाई उनको राष्ट्रपति पुनः निर्वाचित हुन प्रयोग गरिएको चीन विरोधी कार्डका रूपमा समेत हेरिएको छ ।

उनको राष्ट्रपति पुनः निर्वाचित हुन प्रयोग गरिएको चीन विरोधी कार्डका रूपमा समेत हेरिएको छ । तर, संगठनसँग सम्बन्ध तोड्ने घोषणा गरेका ट्रम्प स्वयं देशभित्र महामारीविरुद्धको व्यवस्थापनका लागि आलोचित हुँदै आएका छन् । अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता रहँदै आएको थियो । संगठनको कुल बजेटको झण्डै १५ प्रतिशत रकम अमेरिकाले बेहोर्दै आएको थियो ।

नयाँ निर्णयले दुबैपक्षको सन् १९४८ मा जोडिएको सम्बन्धमा विराम लगाइदिएको छ । उनको यो निर्णय कहिलेबाट कार्यन्वयनमा आउनेछ भन्ने बारेमा भने केही खुलाइएको छैन । सन् १९४८ मा संगठनसँग जोडिएको अमेरिकालाई संगठनसँग १ वर्षको समयसीमा दिएर अलग हुने अधिकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अबदेखि कोभिड– १९ प्रेस ब्रिफिङ दैनिक नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि सातामा दुई दिनमात्रै कोभिड– १९ प्रेस

१,९५४ जना कोरोना संक्रमित थपिए,२,९८१ जना डिस्चार्ज,११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ जना संक्रमित

अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा ४ महिनापछि लकडाउन अन्त्य

मेलबोर्न । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोेर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १

नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको यही कातिक १५ देखि १७ गतेका