कोरोना संक्रमणबाट छैटौं व्यक्तिको मृत्यु, संक्रमितको संख्या, १,२१२



काठमाडौं । शुक्रबार नेपालमा थप १७० जना कोरोना संक्रमित थपिएका छन् । झापामा २८ जना, सप्तरीका चार जना, बाराका चार जना, पर्साका ५ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा एक जना सर्लाहीका, गण्डकी प्रादेशिक अस्पताल गरिएको परीक्षणमा म्याग्दीका एक जना, भेरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बाँकेका दश जनामा,  भरतपुरमा गरिएको परीक्षणमा कपिलवस्तुका चार जना, नवलपरासीका दुई जना, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका २३ जनामा, रौतहटका ५६ जना, सर्लाहीका ४ जना, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १५ जना, रुपन्देहीका एक जना, र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जना, कपिलवस्तुका ९ जनामा संक्रमण देखिएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या एक हजार दुई सय १२ पुगेको छ । यसैबीच नेपालमा कोरोना संक्रमितबाट छैटौं व्यक्तिको मृत्यु भएको छ । भारतबाट आएका अर्घाखाँचीका एक पुरुषको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको जेठ दश गते मृत्यु भएको थियो । उनको स्वाव परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् ।

त्यस्तै हालसम्म २०६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । त्यस्तै पिसिआर बिधिबाट ६४ हजार १५४ र आरडिटी बिधिबाट १ लाख ५ हजार ४ सय ७८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान