थप एक सय ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार ४२ पुग्यो
काठमाडौं । नेपालमा बिहीबार १५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सप्तरीका दुई जना, झापाका २५ जना, नवलपुरका एक जना, धनुषाका २९ जना, महात्तरीका १७ जना, रौतहतका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना, सोलुखुम्बुका एक जना, बझाडका एक जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, स्याङ्जाका तीन जना, दार्चुलाका एक जना, कैलालीका दुई जना, हैटौडाका एक जना, बर्दियाका ३ जना, बाँकेका एक जना, रौतहट जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै कुल संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । यसमा पुरुष ९४० र महिला संक्रमितको संख्या १०२ रहेको छ । त्यसैगरी निको भई डिस्चार्ज हुनेको संख्या १८७ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या पाँच पुगेको मन्त्रालयले जनाएको छ।