किन मनाउने गणतन्त्र दिवसमा खुसीयाली ?
डा. गोविन्दशरण उपाध्याय ।
सत्ताधारीले गणतन्त्रको खुसी मनाउनु एकदम स्वाभाविक हो | नेपालमा गणतन्त्र आएको (ल्याएको) १३ वर्ष वितेको छ | एस बीचमा हरेक वर्ष विदेशिने युवाहरूको सङ्ख्या बढेको छ | आयात बढेको छ | निजी लगानी र सरकारी लगानीका क्षेत्रहरू खुम्चिएका छन् | देशको रीडको हड्डी मानिने कृषिक्षेत्र नराम्रोसंग थालिएका छन् |
भष्ट्राचार गर्नेहरूको गति नाप्नै ससक्ने गरी बढेको छ | सरकारका सबै कार्यक्रमहरू विकासका लागि होइन भ्रष्टाचारका लागि प्रत्याभूत भएको सर्वसाधारणको बुझाई छ | प्रदेश- २ का मन्त्रीहरूले आफै विरुद्ध आन्दोलन गर्ने धम्की तेसै दिएका होइन | महालेखा परीक्षकको कार्यालयले तेसै “स्थानीय तहहरू अनियमितता र भ्रष्टाचारका केन्द्र” भए भनेर तेसै पक्कै भनेको होइन होला !
गणतन्त्रको सबैभन्दा अग्लो, बलियो तथा आदर्श नेता प्रधानमन्त्री हो | तेसैको वरिपरी स्थानीय सरकारहरू घुम्ने हुन् | स्थानीयतहका विकास कार्यक्रमहरू भष्ट्राचारका लागि निसृत हुन्छन् विकास त “देखाउने दाँत” हुन् भन्ने तत्थ्य एउटा साधारण किसानले त बुझेको हुन्छ भने देशका प्रधानमन्त्रीले न बुझ्ने कुरै आएन |
राजाको प्रत्यक्ष शासन हुँदा नाफामा चलेका सरकारी कम्पनीहरू किन निरन्तर घाटामा चलिरहेका छन् ? र किन गणतन्त्रपछि युवाहरू निरन्तर विदेश पलायन गरिरहेका छन् ? भन्ने कुराको जवाफ गणतन्त्रसंग छैन किनभने एस्ता प्रश्नहरूको जवाफ दिनु भनेको आफ्नै घांटीमा पासो लगाउनु हो भन्ने तत्थ्य घामझैं सुकिलो छ |
डोजरहरूले बलत्कार गर्दा क्षतविक्षत भएकी नेपालआमाको छातिलाई “विकास” भन्ने कि स्थानीयतहका सरकारहरूले महंगा गाडीहरू झिकाएर गरीवहरूलाई जिस्क्याउँदै गाडीमा हुइकिने तत्थ्यलाई विकास भन्ने ? सम्भवत: गणतन्त्रको तन्त्रिकता यहीं अल्झिरहेको छ |
जनताले गणतन्त्रले “जीवन सहज” बनाउला कि भन्ने सपना बोकेका थिए तर कृषिक्षेत्रको अनुदान “विचौलिया नेताले” र जनताले उपभोग गर्नुपर्ने अधिकार स्थानीय राजाहरूले लुटिरहेको नांगा आँखाले बुझ्न सक्छ | यो कुरा मजस्तो कुनै पनि पार्टीको झोला नबोक्नेले प्रस्टसंग व्यक्त गर्न सक्छु | मेरो कुरा पढ्नेलाई मन पर्छ तर पार्टीको सदस्यताले कुरो चित्त बुझे पनि स्वीकार गर्न दिंदैन |
विदेशको राजनीति, विदेशीको सरसल्लाह, विदेशीको अनुकरण र अनुसरण, विदेशी प्रतिमानको भरथेक, विदेश मुखी जनशक्तिको निर्माण, रेमिट्यान्स मुखी अर्थशास्त्रको बजेट – यी सबै आजका गणतन्त्रका विशेषता हुन् | सत्तामा रहेर गणतन्त्रको भोग गरिरहेकाहरूका गणतन्त्र दुख्ने कुरै हुँदैन | जहाँ गणतन्त्र दुखेको छ – यी गणतन्त्रवादीहरू सुन्न, देख्न, बुझ्न र बोल्न चाहन्नन् |
प्लेटोको रिपब्लिक अर्थात् गणतन्त्रमा दास र महिलाहरूलाई मान्छेको रूपमा गणना गरिन्नथ्यो | त्यो गणतन्त्र सम्भ्रान्तहरूका लागि थियो | आजको गणतन्त्र पनि नेपालीहरूका लागि स्वदेशी र विदेशी सम्भ्रान्तहरूका लागि दुहुनो गाई बनेको छ | राष्ट्रराज्यवाद रूपि घृणावादी दृष्टिकोण र प्रतिमानको जगमा उभिएको हुँदा अहिलेको मोडेलको गणतन्त्र रहेसम्म “कुलीन”हरू नै जनताहरू दास र नेताहरू मालिक रहने नै छन् |
तेसैले जवसम्म राज्यराष्ट्रको जगमा नेपाली गणतन्त्र निर्मित हुँदैन तवसम्म “…..फल आँखा तरी मर” भन्ने उखान चरितार्थ हुने छ | संक्षेपमा आजको गणतान्त्रिक नेपालको यथार्थ हो – नेता मालामाल, जनता वेहाल !!!