११४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८६ पुग्यो



काठमाडौं । नेपालमा बुधबार ११४ जना कोरोना संक्रमित थपिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १७ जना, हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एक जना र रौतहटका सात जनामा, पोखरामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुमका तीन जनामा, र दाङका १५ जनामा, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका १६ जनामा, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिरहा, सप्तरी, बारा, रौतहटका गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म १ सय ८३ जना उपचारपछि डिस्जार्च भएका छन् भने चार जनाको मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनले कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८० जनाको पीसीआरबाट नमूना परीक्षण भएको जानकारी दिए ।

नेपालमा हालसम्म १ लाख ५८ हजार ५ सय ५९ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । ५८ हजार २ सय ७२ जनाको पीसीआर र १ लाख २ सय ८७ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुरक्षा पन्तको विरोध किन ?

-नारायण गाउँले । सुरक्षा पन्त झण्डा बोकेर राजाको पक्ष या विपक्षमा नारा लगाउन

शिक्षकहरुलाई राजीनामा दिन दबाब नदिन स्थानीय तहहरुलाई शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत

मातातीर्थमा देखिएको आमाको श्रद्धा(फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने

सत्ता सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा देउवा-ओलीबीच बालुवाटारमा दुई घण्टा वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता