विश्वमा कोरोना संक्रमणबाट तीन लाख ४६ हजार भन्दा बढीको मृत्यु



काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । संक्रमितको संख्या १६ लाख ८५ हजार नाघेको छ । अमेरिकामा कोरोना संक्रमणले महामारीको रुप लिएपछि पछिल्लो २४ घण्टामा सबैभन्दा कमको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ संक्रमितको मृत्यु भएको छ । यो अमेरिकामा कोरोनाले महामारीको रुप लिएपछिकै सबैभन्दा कम मृत्यु हो । विश्वकै सबैभन्दा धेरै कोरोना प्रभावित सहर न्युर्योकमा मात्रै अप्रिलमा दैनिक एकहजार भन्दा धेरैको मृत्यु हुने गरेको थियो । अमेरिकामा कोराना संक्रमण र मृत्यु दरमा कमी आए पनि नियन्त्रणमा भने आएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमण तिव्र गतिमा नियन्त्रण भइरहेको तर केही क्षेत्रमा भने संक्रमणको उत्तिकै खतरा रहेको बताएका छन् । बेलायतमा २ लाख ५९ हजार संक्रमित मध्ये ३६ हजार ७ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख २९ हजार ८ सय संक्रमित र ३२ हजार ७ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८२ हजार ५ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ३ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८२ हजार ८ सय बढी कोरोना संक्रमित मध्ये २८ हजार ७ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ६३ हजार २ सय बढी संक्रमित हुंदा २२ हजार ६ सय बढीको मृत्यु भएको छ । रसियामा मृत्यु हुनेको संख्या ३ हजार ५ सय नाघेको छ भने ३ लाख ४४ हजार संक्रमित छन् । यसैगरी भारतमा कोरोना संक्रमणबाट चार हजार भन्दा बढीको मृत्यु भएको छ भने कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आत्मकेन्द्रित राजनीति सङ्घीयतामा चुनौती

काठमाडौँ । सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो ।

किन कुण्ठाग्रस्त हुँदैछ नेपाली समाज ?

डा. गोविन्दशरण उपाध्याय । अहिलेको नेपाली समाज निरन्तर कुण्ठाग्रस्त (Frustration) हुँदैछ । दुईजना

नयाँदिल्ली आसपासका क्षेत्रमा भूकम्प, सतर्क रहन मोदीको अपील

बीबीसी । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को  सात करोड