१९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६०३ पुग्यो
काठमाडौं । आइतबार नेपालमा १९ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु, विराटनगर र भैरहवास्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विराटनगरमा गरिएको परीक्षणमा मोरङका एक पुरुषमा कोरोना संक्रमण पोेजेटिभ देखिएको हो ।
यस्तै, टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्साका २५ वर्षीय पुरुष, पर्साकै ३४ वर्षीय पुरुष र पर्सा नगवाका ६० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै रौतहट घर भइ बाराको कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीको हरिपुरका ४८ वर्षीय पुरुष, रुपन्देहीका ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यस्तै रुपन्देहीका १६ वर्षीय पुरुष, काठमाडौं सोह्रखुट्टेका ७९ वर्षीयय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण रुपन्देहीका २३, ३० र ४० वर्षका पुरुष, कपिलवस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुष र गुल्मी मदानेका ३१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । संक्रमितमा पुरुष ५२४ र महिला ७९ जना छन् । कोरोना संक्रमणबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने ८७ जना निको भएर घर फर्केका छन् ।