‘प्रधानमन्त्रीले आफूलाई अख्तियार प्रमुख, सभामुख म नै हुँ ठान्नु भएन’



नेपालका सुप्रसिद्ध मुटुरोग विशेषज्ञ प्रा.डा. अरूण सायमि प्रधानमन्त्री खड्गप्रसाद वलीका धेरै नजिकका चिकित्सकका रूपमा चिनिन्छन् ।

नेपाली भाषासाहित्य र नेपाल भाषाका महारथी धुस्वाँ सायमिका सुपुत्र प्रा.डा. सायमि पनि नेपाली भाषासाहित्य तथा नेपाल भाषाका प्रसिद्ध साहित्यकार हुन् । प्रा.डा. सायमि धुस्वाँगङ्की वसुन्धरा प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन् ।

प्रा.डा. सायमि राष्ट्रवादीधाराबाट ओतप्रोतका साथै खुलस्त विचारका कुबेर पनि हुन् ।

डा. सायमिसँगको मेरो ३५ वर्षको अविरल सम्बन्धले उनीभित्र मैले के बुझेको छु भने- ‘उनी स्पष्ट वक्ता, उपकारी र आफ्नो कामप्रति समर्पित’ चिकित्सक मानिन्छन् । उनी चाकरी, चाप्लुसी र गुलामी गर्ने कोटिमा कहिले देखिएनन् ।

मेरा प्रिय मित्र प्रा.डा. अरूण सायमिको कामप्रतिको इमानदारिताको मैले सधैँ प्रशंसा गर्ने गरेको छु । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र उनैको पहलमा स्थापना भएको थियो र त्यस संस्थाका उनी संस्थापक कार्यकारी निर्देशक भए । हाल उनी त्रिवि मनमोहन कार्डियो सेन्टरका प्रमुख छन् ।

प्रा.डा. अरूण सायमिले ‘योहो’ टिभीमा प्रखर प्रस्तोता जीवराम भण्डारीसँग भनेका कुरामा मलाई धेरै नै घत लागेको छ । डा.सायमिबाट उक्त टिभीमा भनिएका बेहोराका मुख्य बूँदा म यहाँ प्रस्तुत गर्न चाहन्छु :

• नेपालमा कम्युनिष्ट शासन आओस् भन्ने मेरो सपना थियो ।
• केपी वलीको लोकप्रियता एक सयबाट घटेर जिरोमा आएको छ ।
• मनमोहन अधिकारी, प्रचण्ड र केपी वलीको म डाक्टर हुँ । अधिकारी चाहिँ मेरा आदर्श हुन् । उनी देशभक्त र इमानदार थिए ।
• केपी वली बोल्नै नपर्ने कुरा बोल्छन् ।
• केपी वलीले गोकुल बास्कोटाले बोलेको क्यासेट नक्कली हो भनेर किन भन्नु पर्ने ? बास्कोटाबारे प्रधानमन्त्रीले किन बोल्नु पर्ने थियो ?
• केपी वली बिरोधीका कुरा सुन्नै नचाहने र सल्लाहकारले जे भन्यो त्यही मान्ने गर्छन् ।
• केपी वलीले बिकल्प सोच्नु पर्ने, सोच्तैनन् । उनलाई केही भयो भने ?
• कोरोना महामारीका बेला यस्तो अध्यादेश महामुर्खले पनि ल्याउद‌ैन; यस्तो अध्यादेश ल्याउन प्रधानमन्त्रीलाई कसले सल्लाह दियो ?
• प्रधानमन्त्रीले आफूलाई अख्तियार प्रमुख, सभामुख म नै हुँ ठान्नु भएन ।
• हाम्रो देशमा राजा आयो भने राजालाई नमस्कार गर्ने, काङ्ग्रेस आयो भने त्यसै गर्ने र मधेसी दललाई त्यसै गर्ने चलन छ ।
• भूमिगत भएका बेला प्रचण्डका बुबा र बाबुराम भट्टराईकी आमाको मैले नै सेवा गरेँ । विद्यार्थीकालमा बाबुराम अध्यक्ष र म महासचिव थियौँ । हामी आआफ्नै बाटोमा लाग्यौँ । बाबुरामकी आमाको मृत्युहुँदा उनी भारतमा नै थिए, उनले यता आउन पाएनन् । त्यसैले सबै काम म‌ैले नै गरेको थिएँ ।
• मेरा बाजे नेपालका प्रथम पिएचडी थिए ।
• मेरा बुबा जस्तै म पनि स्वाभिमानी छु र त्यस्तै हुन चाहन्छु ।
• हाम्रा घरमा आठ जना छौँ र हामी सबै स्वास्थ्य कर्मी हौँ ।
• मलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति खानु छैन । किनभने मैले भिसी खाएँ भने बिरामी जाँच्न छोड्नु पर्छ ।
• जिन्दगीमा म दुइटा कुरा छाड्दिन- बिरामी हेर्ने र पढाउने काम !
• नेता राम्रो भयो भनेचाहिँ नेपालको भविष्य पनि राम्रो हुन्छ ।

प्रस्तुति : नरेन्द्रराज प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबैको सक्रियताले मात्र अर्थतन्त्र सबल बन्छ : मुख्यमन्त्री लामा

चितवन। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सबै क्षेत्रको सहकार्य

गिरिबन्धुको फाइल खुल्नेछ, त्यसलाई लुकाउने दिइने छैनः अध्यक्ष प्रचण्ड

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारको संरक्षक

विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रहः विद्वान हुँ भन्ने कुनै घमण्ड नगर्नु, विनयशील हुनु

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी

यो सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेखे हुन्छः परराष्ट्रमन्त्री राणा

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी