अबको परिवर्तन



डा. गोविन्दशरण उपाध्याय ।

(१) जवसम्म नेपाली समाजशास्त्रीहरूले भारतवर्षमा सभ्यताको विकास पश्चिमतिरबाट भएको हो भन्ने असत्यलाई सत्य ठानिरहन्छन् तवसम्म भारतवर्षको गौरव स्थापित हुँदैन |

(२) जवसम्म नेपाली इतिहासकारले आर्यलाई जाति भनेर उल्लेख गरिरहन्छन् र आर्यको अर्थ श्रेष्ठ हो भन्ने तत्थ्यलाई अस्वीकार गर्छन्
तवसम्म गोरा केन्द्रीत-इतिहासकारको बौद्धिक दासत्वबाट मुक्त हुनै सक्दैनन् |

(३) जवसम्म नेपाली राजनैतिक शक्तिहरूले एकभाषा, एकजाति, एउटा धर्मका आधारमा निर्मित भएको राष्ट्रराज्यमा मरिहत्ते गरिरहने छन् तवसम्म नेपाली तथा भारतीयहरू पश्चिमाहरूका राजनैतिक सैद्धान्तिक जालोका दास रहिरहने छन् |

(४) जवसम्म नेपाली विश्वविद्यालय र विद्यालयहरूले प्राचीन वैदिक, जैनी, बौद्ध तथा अन्य रैथाने ज्ञानका विषयवस्तुहरूलाई पाठ्यपुस्तकमा प्राथमिकताका साथ समावेश गर्दैनन् तवसम्म यो समाज ज्ञानका लागि पश्चिमाको दासत्वबाट मुक्त हुनैसक्दैन |

(५) जवसम्म नेपाली विद्वानहरूले आफ्नो सभ्यता प्राकृतिक रूपमै मौलिक तथा समावेशीपनले युक्त भएको तत्थ्यलाई स्वीकार गर्दैनन् तवसम्म विदेशीहरूले विभिन्न वहाना गरेर यो समाजलाई घृणावादी द्वन्दतिर धकेली नै रहन्छन् |

(६) जवसम्म नेपाली विद्वानहरूले आफ्ना अनुसन्धानका स्रोतका रूपमा आफ्ना मौलिक विद्याहरूको पहिचान र उल्लेख गर्दैनन् तवसम्म विश्वले मात्र होइन नेपालीहरूले पनि आफ्नो महत्व थाहा पाउन्नन् |

(७) जवसम्म नेपाली विद्वान तथा राजनैतिकहरूले रिलिजनलाई धर्मको पर्यावाचिका रूपमा व्यबहार गरिरहन्छन् तवसम्म यहुदी-इसाई-इस्लामीहरूको धार्मिक कट्टरता हिन्दू-बौद्ध समुदायमा पनि विकसित हुने खतरा रहिररहंछ |

(८) जवसम्म नेपाली विद्वानहरूमा परिभाषा तथा सिद्धान्तहरू अभिनिर्माण गर्ने आँट हुँदैन तवसम्म पश्चिमाहरूको बौद्धिक वर्चस्वलाई विस्थापित गर्न सकिन्न |

(९) जवसम्म हरेक नेपाली आफु वैदिकसनातन धर्म र जीवनपन्थका अनुयायी भएको तत्थ्य गौरवका साथ प्रस्तुत गर्न सक्दैनन् र आफुलाई धर्मनिरपेक्षताका सवालमा निरीह पाउँछन् तवसम्म विदेशी विधर्मीहरूले हेपिनै रहने छन् |

(१०) जवसम्म नेपाल तथा भारतीय प्राथमिक विद्यालयहरूले संचारका भाषाका रूपमा स्वदेशीभाषालाई महत्व नदिएर विदेशीभाषालाई (अंग्रेजी) महत्व दिन्छन् तवसम्म नेपालीसहित नेपाली मातृभाषाहरू विलुप्त हुने आत्मघाति बाटोमा अग्रसर रहन्छन् | तर भाषाका रूपमा अंग्रेजीको महत्व अस्वीकार गर्न मिल्दैन |

(११) जवसम्म हामीले पश्चिमा वा पश्चिमाहरूको बौद्धिक सुप्रिमेसी स्वीकार गरेर पश्चिमाहरूलाई सभ्यता, इतिहास, विज्ञान, मानवता, राजनीति, अधिकार तथा कर्तव्यका श्रोत तथा मोडेलका रूपमा स्वीकार गरिरहन्छौं तवसम्म हामीले आफ्नो मौलिक विज्ञान, संभ्यता, तथा राजनीतिमा सुप्रिमेसीको विकास गर्न सक्दैनौं |

उपरोक्त भनाइहरूलाई एउटा नेपाली बनेर पढौं, मनन गरौँ र बुझौं | तेसपछि आफ्नो सत्यता थाहा हुन्छ | अझै पनि समय छ, अनुकुलता छ, जागौं, जागाऔं र सत्यमेव जयतेको बाटो अंगीकृत गर्दै धर्म, अर्थ, कामको सेवन गर्दै मोक्षको मार्ग प्राप्त गरौँ | सत्यं, शिव तथा सुन्दरम् हाम्रो मौलिकता हो एसको सम्मान गरौँ र असल कुराहरू विश्वबाट प्राप्त गरौँ र हाम्रा असल कुराहरू विश्वलाई प्रदान गर्ने वातावारण तयार गरौँ |

फोटो – गोराहरूले विश्वलाई सभ्य वनाउने अभिभारा आफुमा रहेको दृष्टिकोणबाट विश्वलाई हेर्छन् र बुझ्दछन् | यो सोचलाई हामी नेपालीहरूले तोड्न सक्छौं |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने