थप नौ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो
काठमाडौं । शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शुक्रबार राति थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हटौंडा ३ की ५८ वर्षीया महिला र भक्तपुरकी ४२ वर्षीया महिला, सप्तरी लान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष तथा बारा सिमरगढ नगरपािलकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष छन् । योसँगै संक्रमितको संख्या ५१६ पुगेको हो ।