२० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा शुक्रबार फेरि २० जना कोरोना संक्रमित थपिएका छन् । कैलालीमा तीन, डडेल्धुरामा एक, बैतडीमा एक, बाँकेमा १४ र मोरङमा एक जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
योसँगै कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । संक्रमित मध्ये ४३३ जना पुरुष र ७४ महिला छन् । कोरोना संक्रमण ४० जिल्लामा फैलिएको छ । कोरोनाबाट निको भई अहिलेसम्म ७० जना घर फेर्केका छन् । त्यस्तै तीन जनाको मृत्यु भएको छ ।