ओली गान


‘ओली गान’

चुच्ने मानचित्र नयाॅ निस्क्यो, हाम्रै नेपालमा सरर

लिम्पिधुरा, कालापानी, लिपुलेकमा नेपाली झण्डा फरर

चलता-चले प्रजातन्त्र ओलीनीति होइन रे,
थेप्चो मानचित्र पनि ओलीनीति होइन रे,
भारत भन्छ कोरोना भाइरस उसले पठाएको होइन रे,
फगत सत्यमेव जयते नै ओली नीति रे !

जनतालाई क्वारेटाइनमा राख्ने ओलीनीति होइन रे,
नेपालीलाई सिमानापारी रोक्नु ओलीनीति होइन रे,
आप्रवासी भन्छन्, मरे पनि बरू आफ्नै देशमा मर्छौ रे,
फगत रातोपिरो देशभक्ति नै ओलीनीति रे !!

चुच्ने मानचित्र नयाॅ निस्क्यो, हाम्रै नेपालमा सरर
लिम्पिधुरा, कालापानी, लिपुलेकमा नेपाली झण्डा फरर

सुरेश आचार्य ।