साउदी अरबमा एक हजार तीन सय ६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण



काठमाडौं । साउदी अरबमा १३ सय ६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । साउदी अरबको रियादस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्ति जारी गरी संक्रमितको संख्या १३ सय ६४ पुगेको जानकारी दिएको हो ।

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्वक्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी राजदूतावाले हेर्ने क्षेत्रमा १०१६ जना र जेद्दा क्षेत्र (जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३४८ जना संक्रमित भएका छन् ।

संक्रमित मध्ये १७ जना महिला रहेका छन् । संक्रमित मध्ये ७ जना (यस मध्ये ३ जना महावाणिज्यदूतावास जेद्दाको सूचनामा उल्लेख) नेपालीको निधन भएको छ । साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीहरुको संख्या उत्साहजनक रहेको दूतावासले जनाएको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबमा मार्च २ देखि अहिलेसम्म ६५ हजार ७७ जना संक्रमित भएका छन् । संक्रमित मध्ये आधा भन्दा बढी निको भई फर्केका र मृत्युदर पनि न्यून रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीमा डुबेको आमनागरिकको ४९ अर्ब फिर्ता होला ?

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि

इलाम–२ मा रास्वपाका उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६

इलाम – २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट