२७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४०२ पुग्यो
काठमाडौं । नेपालमा मंगलबार थप २७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा नौ जना, मोरङमा एक, सुनसरीमा एक, रामेछापमा एक, सर्लाहीमा दुई, काठमाडौंमा तीन, भक्तपुरमा एक मकवानपुरमा एक, सिन्धुलीमा एक, लमजुडमा एक, नवलपरासीमा एक, कपिलवस्तुमा चार र ललितपुर एक जना गरी नयाँ २७ जना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । संक्रमित मध्ये ३४० जना पुरुष छन् भने ६२ महिला छन् । कोरोना संक्रमण ३६ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएर घर फर्केका छन् ।