अब हेर्नुछ, केपी शर्मा ओलीको जमर्कोको परिणाम !



जेपी गुप्ता ।

नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ । करिब ६ दशकदेखि भारतको अधिनमा रहेको लिपुलेक आदि भूखण्ड, हाल नक्सामा भएपनि नेपालको भनी देखाइएको छ । दिल्लीतिर लक्ष्य गरिएको झैं देखिने (नयाँ नक्साको) हाम्रो पश्चिम उत्तरी चुच्चोलाई यदि भारतले मान्यता दियो भने स्वभावतः भारतले पनि आफ्नो नक्सामा परिवर्तन गर्नुपर्ने हुन्छ । भारतीय प्रधानमन्त्री मोदी र सबै भारतीयका लागि यो कुरो अयोध्याको रामजन्म भूमिलाई पुनः बावरी मस्जिदमा परिवर्तन गर्नु सरह नै हुनेछ ।

यता  केपी ओली जी र अब सबै नेपालीका लागि पनि यस बिषयबाट सहज रूपमा पछि हट्ने अवस्था रहँदैन । यसमा अब ओली र देउवा दुबै बाघको सवारीमा छन् । नेपाल र भारतका बीच बर्षाैंदेखि सीमा समस्या समाधान गर्ने द्विदेशीय एक प्राविधिक समिति कार्यरत् थियो । नेपालले यसरी नयाँ नक्सा जारी गरेपछि अब त्यस द्विपक्षीय समितिको औचित्य रहेन । शायद, ठूलै समझदारी कायम नहुन्जेल यसको बैठक पनि बस्दैन होला । नेपालको आपत्ति लिपुलेक क्षेत्रमा मात्र छैन, सुस्ता, सप्तरी, पशुपति नगर अनेक ठाँउमा आपत्ति रहेको छ। यस अनुसार शायद फेरि फेरि नक्सा परिवर्तन गरिरहनु पर्ला । लिपुलेक कालापानी बढी महत्वको र अन्यत्रको कुनै महत्व नहुने हुँदैन । सबैमा उही सार्वभौमिकताको चीर जोडिएको छ ।

अब भारत नेपालका बीचको व्यवहार कसरी चल्ने हुन् यो सवाललाई थाँति राखेर अब अन्य द्विपक्षीय अर्थ राजनीतिको कुटनीतिक बिषयहरू अगाडी बढाउनु किमार्थ पनि सहज हुनेछैन । यसको लाभालाभ र लेखाजोखा अवश्य पनि गरिएको होला ।

नक्सा परिवर्तनको असहज काम भयो । दक्षिण एशियाली मुलुकहरूमा जिन्ना, शेख मुजीब र इन्दिरा गान्धीले मात्रै हो आफ्नो देशको नक्सा बदलेको, घटाएको वा बढाएको । मुलुकका राष्ट्रिय दिवसहरू त नेताहरूले बदलेका थुप्रै दृष्तान्तहरू छ । तर, युद्धको नतिजा बाहेकको अवस्थामा नक्सा बदलेका उदाहरणहरू कमै छ ।
यस क्रममा अब ओलीको परीक्षा हुन बाँकी छ । अब हेर्नुछ, केपी शर्मा ओलीको जमर्कोको परिणाम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने