आफ्ना नागरिक स्वदेश फर्किंदा रोग भित्रिन्छ, बेरोजगारी थपिन्छ भन्ने जस्ता कारणले राष्ट्र पिठ्युँ फर्काएर बस्न मिल्दैन



विष्णु रिजाल ।

आफ्ना नागरिक स्वदेश फर्किंदा रोग भित्रिन्छ, बेरोजगारी थपिन्छ वा खाद्य संकट आउँछ भन्ने जस्ता कारणले कुनै पनि राष्ट्र पिठ्युँ फर्काएर बस्न मिल्दैन । सीमामा हजारौँ नागरिक जम्मा भइसकेका छन् । भारतमा पनि प्रवासी श्रमिकका समस्या उस्तै छन् । आफ्ना नागरिकलाई स्वदेश ल्याउने, सीमामा क्यारेन्टाइन बढाउने, पीसीआर गर्ने र घर पठाउनेमा ध्यान केन्द्रित आवश्यक छ । यही नै राज्यको अहिलेको दायित्व हो ।

यसका लागि प्रदेश सरकार र नेपाली सेनालाई परिचालन गर्नुपर्छ । दुई महिनासम्म सीमामा दुई चार लाख मानिस राख्न सक्ने गरी क्वारेन्टाइन व्यवस्था भइसक्नुपथ्र्यो । समस्या अझै चर्किने निश्चित छ । त्यसैले क्वारेन्टाइन बनाउन ढिलो नगरौँ । मानिसहरुलाई त्यहाँ बस्न प्रेरित गरौँ ।
चीन, भारत, जर्मनी र अमेरिकाले केही स्वास्थ्य सामाग्री दिएका छन् । सेनाले पनि चीनबाट पहिलो खेप सामग्री भित्र्याएको छ । निजी क्षेत्रबाट पनि केही सामग्री आएको छ । व्यापक मात्रामा सीमावर्ती क्षेत्रमा परीक्षण बढाउनुको विकल्प छैन ।

मूल सीमा नाकाबाट सहज तरिकाले मानिसहरुलाई आउन नदिँदा चोर बाटोबाट छिर्छन् र जोखिम झन् बढ्छ भन्ने पुष्टि भइसकेको छ । त्यसैले पहिले सीमामा आइसकेका र आउनसक्ने भारतमा रहेका प्रवासी नेपालीहरु र त्यसपछि विभिन्न ठाउँमा रहेका नेपालीहरुका समस्यामा ध्यान केन्द्रित आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गिरिबन्धुको फाइल खुल्नेछ, त्यसलाई लुकाउने दिइने छैनः अध्यक्ष प्रचण्ड

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारको संरक्षक

विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रहः विद्वान हुँ भन्ने कुनै घमण्ड नगर्नु, विनयशील हुनु

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी

यो सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेखे हुन्छः परराष्ट्रमन्त्री राणा

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी

दशरथ रङ्गशालामा त्रिविको ५० औँ दीक्षान्त समारोह, जहाँ भए १४ हजार विद्यार्थी दीक्षित(फोटोफिचर)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका