बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार बाँकेमा ४७ जनासहित देशका विभिन्न भागमा कोरोनाभाइरसका ५३ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पतालको प्रयोगशालामामा गरिएको पीसीआर परीक्षणबाट बाँकेमा ४६ पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै, धुलिखेल अस्पतालमा गरिएको परीक्षणबाट चार जनामा संक्रमण देखिएको छ । उनीहरु धनुषा, रौतहट, दाङ र धादिङका पुरुष रहेको प्रवक्ता डा. देवकोटाले बताए । विराटनगरमा गरिएको परीक्षणबाट मोरङमा एक पुरुष र भैरहवाको प्रयोगशालामा गुल्मीका ४१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सोमबार संक्रमित पुष्टि हुनेहरु १८ देखि ४६ वर्षसम्मका पुरुष रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । हालसम्मका कुल ३ सय ५७ जना संक्रमितमध्ये २ सय ९८ पुरुष छन् भने ५९ जना महिला छन् । यसअघि सोमबारै बिहान रौतहटमा सात पुरुष र एक महिला तथा र बारामा एक पुरुष गरी नौ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये हालसम्म ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ

प्रदेश इन्चार्ज हेरफेरप्रति माओवादी नेताहरु असन्तुष्ट, कार्यविभाजन सही नभएको जिकिर

काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु

भ्रूण अवस्थादेखि नै छोरीमाथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइँदैन

-डा सुधा शर्मा । नेपालका १७ प्रतिशत जनसङ्ख्याको बासस्थान रहेको कर्णाली प्रदेश प्रकृतिको

एमाले टिआरसी विधेयक पारित गर्ने पक्षमा छः अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’