नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो


काठमाडौं । नेपालमा सोमबार थप नौ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका सात पुरुष, एक महिला र बाराका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ ।