…अन्यथा संक्रमितहरुले आफू संक्रमित भएको थाहा नपाइ मृत्युवरण गर्नुपर्ने नियति बढ्दै जानेछ



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।

दोस्रो मृतकबारे ;
आज भारतको मुम्बईबाट असुरक्षित यात्रा गर्दै बैशाख ३० गते नेपाल भित्रिएका बाँकेको नरैनापुरका २५ बर्षीय युवकको दीपेन्द्र माविको क्वारेन्टाइनमा मृत्यु भयो | उनी नेपाल गत मंगलबार आएका थिए अर्थात नेपाल आएको ५ दिनपछि उनको मृत्यु भयो |
.
कोरोना संक्रमण भएको व्यक्तिको संक्रमणकाल सामान्यतया २ – १४ दिनको हुन्छ | त्यसपछि लक्षण देखिएर मृत्यु हुनको लागि थप २ -३ हप्ता लाग्दछ |
.
यो मृत्यु प्रकरणबाट के बुझिन्छ भने उनी बिगत २-३ हप्ता पहिलेदेखि संक्रमित थिए | संक्रमित व्यक्तिलाई परिक्षण गरेर भारत सरकारले आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो | विश्व स्वास्थ्य संगठनको नियम अनुसार तथा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमति अनुसार यता भएका भारतीयलाई नेपाल सरकारले र उता भएका नेपालीलाई भारत सरकारले परिक्षण गर्ने, आइसोलेसनमा राख्ने, उपचार गर्ने तथा लकडाउन खुलेपछि हस्तान्तरण गर्नु पर्ने हो | तर भारतले असुरक्षित रुपमा संक्रमित नेपालीलाई नेपाल आउन दिइरहेको छ अर्थात नेपाल भित्र्याउन सहजीकरण गरेको छ | यो निकै गम्भीर कुरा हो | यो बिषयमा नेपाल भारतबीच पून: छलफल हुनु जरुरी छ |
.
त्यस्तै मृतकलाई शनिबार रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो |
.
विश्वब्यापी तथ्यांक हेर्ने हो भने यो उमेरका व्यक्ति जोखिम बर्गमा पर्दैनन् अर्थात यो उमेरका व्यक्तिको मृत्युदर ०.२ % मात्र छ |
.
मलाई लाग्छ, उनको RDT तथा PCR कुनै पनि परिक्षण गरिएको थिएन | र्यापिड टेस्टको नतिजा तुरुन्तै आउंथ्यो | त्यसमा पोजिटिभ देखिए उनी अस्पतालमा हुने थिए | उनको परिक्षण भएको भए PCR को रिपोर्ट नआएको पनि हुनसक्छ |
.
हामी कहाँ भएका अधिकांश क्वारेन्टाइन केन्द्र असुरक्षित र असुविधाजनक छन् | बेडबिचको दुरी, सौचालयको अवस्था, पंखा तथा खानेपानीको पर्याप्त ब्यबस्था धेरै ठाउँमा छैन |
.
उनलाई शनिबार रातिदेखि ज्वरो एबम झाडापखाला लाग्दा शरीरमा जलबियोजन भएर अर्थात Dehydration भएर उनको मृत्यु भएको हुनसक्छ | बाँकेको प्रचण्ड गर्मीमा उनलाई ज्वरो कम गर्ने, पखाला ठिक गर्ने तथा प्रशस्त मात्रामा जीवनजल पानी वा सलाइन दिइएको थियो कि थिएन ? यसको विवरण आउन बाँकी छ | त्यस्तै उनलाई कुनै दीर्घरोग थियो कि थिएन ? उनको स्वास्थ्य अवस्था कस्तो थियो ? मृत्युको कारण के थियो ? जस्ता अनुसन्धान गर्नु जरुरी छ | पोस्टमार्टमबाट धेरै अवस्था जानकारी हुनेछ |
.
हामीकहाँ क्वारेन्टाइन सेन्टरबाट त्यहाँ बसेका व्यक्तिहरु भाग्ने कारण निराकरण गर्नु जरुरी छ | यो प्रचण्ड गर्मीमा स्वस्थ खाना, पर्याप्त खानेपानी, पंखा, हावा, प्राथमिक उपचार, योग, संगीत, मोटिभेसनल स्पिच, स्वास्थ्यकर्मीको ब्यबस्था तथा परिक्षणको सुगम ब्यबस्था गर्नु जरुरी छ | अन्यथा संक्रमितहरुले आफु संक्रमित भएको थाहा नपाइ मृत्युवरण गर्नुपर्ने नियति बढ्दै जानेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने अनुसन्धानको निष्कर्ष

  काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै

विशेषको फैसला: पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि भएन

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको

कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एकजना प्रहरी जवानले आफैंलाई गोली प्रहार

नक्कली चिकित्सक बनेर लुटपाट गरेपछि….

काठमाडौँ । जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा