नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । बाँकेस्थित नरैनापुर क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । देवकोटाले बाँकेका मृतक युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको बताए ।
भारतबाट भागेर आएका युवालाई क्वारेन्टाइनमा राखिएको थियो । नरैनापुरमा रहेका दुई क्वारेन्टाइनमा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यसअघि बिहीबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो । क्वारेन्टाइनमा डेढ सय बढी रहेको बताइएको छ ।
त्यस्तै प्रवक्ता देवकोटाले हालसम्म पिसिआर २८ हजार १६० र आरडिटी बिधिबाट ६७ हजार ७६९ को कोरोना जाँच गरिएको प्रवक्ता देवकोटाले बताए । उनले हाल क्वारेन्टाइनमा १८ हजार ३५७ जना , आइसोलेशसनमा ३४६ जना, रेड जोनमा ३८२ जना रहेको जानकारी पनि दिए ।