फेरि थपिए दुई जना कोरोना संक्रमित, संक्रमितको संख्या २७८ पुग्यो
काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् ।
संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् । मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट भने हालसम्म २६ हजार ६ सय ९१ परीक्षण भएका छन् ।