थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ । शनिबारबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा- १९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर -४ निवासी १८ वर्षीया महिला र चितवन गढौली- १ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।