अनाथका लिपुलेकका दुईवटा नाथ !



डा.गोविन्दशरण उपाध्याय ।

प्रश्न त उठ्छ नै – २०४६ को राजनैतिक परिवर्तनदेखि आजसम्म अहिले सत्तामा रहेका व्यक्तिहरूकै हालीमुहाली थियो र छ | गतवर्ष भारतले लिपुलेक आफ्नो नक्शामा गाभ्यो किनभने लिपुलेक नेपालको नक्शा भित्र थिएन | आफ्नै राष्ट्रले जनाजान छोडेको ठाउँको नक्शा भारतले आफ्नो भित्र पर्यो | कसैले पनि स्वामित्व नलिएपछि लिपुलेक अनाथ बनेको थियो |

विश्वको कुनै पनि ठाउँ नक्शा विहिन हुँदैन | ल, २०४६ सम्म त राजतन्त्र थियो रे तर तेसपछिका नेपालका नक्शाहरूमा लिपूलेक राख्न कसले र किन रोकेको थियो ? आज अचानक सांसदहरू किन राष्ट्रवादी देखिए ? अहिले आएर लिपुलेकको “स्वामी”को लडाई जुँगाको लडाईमा रुपान्तरित हुँदैछ |

८० किलोमिटर लामो हिमाली मोटरबाटो निर्माण हुँदाहुँदै नेपाल सरकारले राम्रो कुटनैतिक पहल गरेको भए सम्भवत: समस्याको विवादरहित समाधान खोज्न सकिन्थ्यो | अरवौं लगानी गरेर बाटो निर्माण गर्दा केही बोलेजस्तो गर्ने (वास्तवमा काम गर्दै जाऊ राजनैतिक समस्या परेछ भने पनि देखाजाला) मनोविज्ञानसंग नेपाली राजनैतिक शक्तिले काम गरेको हो भन्ने कुरा परराष्ट्रमन्त्री मन्त्री र प्रधानमन्त्रीको वयानले प्रष्ट पारिसकेको छ |

लिपुलेकको कूटनैतिक समाधान खोज, एसलाई मिडिया र सामाजिक संजालको विषय वनाएर राष्ट्र-राष्ट्र वीचको सम्वन्धमा अमिलो नहाल |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने