नेपालमा उमेर अनुसार यस्तो छ कोरोना संक्रमण



 डा. रवीन्द्र पाण्डे |
नेपालमा कोरोना संक्रमणलाई उमेर अनुसार हेर्ने हो भने बाँकी विश्वभन्दा फरक देखिन्छ | २४५ जना संक्रमित भएका व्यक्तिको उमेर समुह हेर्दा सबैभन्दा धेरै संक्रमित २० – २९ बर्षका ६५ जना युवामा देखिएको छ भने त्यसपछि क्रमशः ३० – ३९ बर्षका ५६ जना, ४० – ४९ बर्षका ३७ जना, १० – १९ बर्षका ३६ जना, ५० – ५९ बर्षका २३ जना, ६० – ६९ बर्षका १५ जना , ० – ९ बर्षका १० जना, ७० – ७९ बर्षका २ जना र ८० बर्षमाथिका १ जना व्यक्तिमा संक्रमण देखिएको छ |
यसले निम्न लिखित संदेश दिएको छ –
१. नेपालमा कोरोना संक्रमण युवा तथा बयस्क उमेरमा धेरै देखिएको छ | त्यसपछि बालबालिका अनि मात्र जेष्ठ नागरिक देखिएको छ |

२. भारत लगायत बिदेशमा काम गर्ने अधिकांश युवा तथा बयस्क उमेरका छन् |

. नेपालमा रहेका व्यक्तिहरु जो सक्रिय छन्, घरबाहिर निस्किएका छन्, उनीहरुमा संक्रमण देखिएको छ |

४. घर बाहिर खेल्न जाने बालबालिकामा देखिएको छ |

५. घरभित्र बस्ने तथा सचेतना अपनाउने जेष्ठ नागरिकमा संक्रमण निकै कम देखिएको छ |

६. यो तथ्यांकले के देखाउंछ भने जोखिम उमेरका व्यक्तिमा संक्रमण निकै कम देखिएकोले सघन उपचार आबश्यक पर्ने तथा मृत्यु हुनेको संख्या निकै कम हुनेछ | युरोप, अमेरिका, बेलायत लगायत देशको अवस्था हेर्ने हो भने जेष्ठ नागरिकमा संक्रमण धेरै देखिएको छ | जसको कारण मृत्यु हुनेको संख्या धेरै छ |

७. नेपालमा एल्डर होम अर्थात वृद्धाश्रममा बस्ने जेष्ठ नागरिकको संख्या निकै कम छ | कोरोना संक्रमण फैलिएको अवस्थामा छुट्टाछुट्टै घरमा बसेका जेष्ठ नागरिकलाई एकैपटक संक्रमण हुने तथा एक आपसमा सर्ने सम्भावना निकै कम छ | यसले मृत्युदर घटाउन ठूलो सहयोग गर्दछ |

८. कोरोना संक्रमणको जोखिम बढेको यो समयमा बालबालिकालाई घरबाहिर जान दिनु हुँदैन | त्यस्तै युवा तथा बयस्क उमेरका व्यक्तिहरु पनि मलाइ के हुन्छ र ? भनेर मर्निंग वाक, इभिनिंग वाक, सपिंग, हावा खान निस्किने लगायतका बानी बदल्न जरुरी छ | यसो गर्यो भने संक्रमण सर्ने सम्भावना कम हुन्छ |
..
कोरोना संक्रमण लागेका एका परिवारमा सबैलाई सरेको घटना बिरगंजको १७ सदस्यीय १ परिवारमा मात्र देखिएको छ | अन्य संक्रमितको हकमा एकै परिवारमा बस्ने १ जनालाई संक्रमण भएको तथा अरुलाई नसरेको, अर्को १ जनालाई मात्र सरेको .. यस्तै देखिएको छ | यसको अर्थ कोरोना संक्रमण १ जनालाई हुँदैमा परिवारका सबैलाई सर्दैन | संक्रमण सर्नको लागि ती परिवार कसरी बसेका छन् ? सुरक्षाको उपाय गरेका छन् कि छैनन् ? घरमा हावा तथा प्रकाशको ब्यबस्था कस्तो छ ? संक्रमितमा भाइरसको लोड कति छ ? खानपिन तथा सरसफाई कस्तो छ ? इम्युनिटी पावर कति छ ? लगायतका धेरै संयोग मिल्यो भने मात्र अरुमा संक्रमण सर्दछ |
.
अहिलेसम्मको स्थितिमा हामीले डर मान्नुपर्ने अवस्था छैन | सिमाना शिल गर्ने तथा संक्रमित क्षेत्र शिल गर्ने हो भने कोरोना संक्रमण हाम्रो नियन्त्रण बाहिर गएको छैन |

 

( चित्र साभार : फेसबुक )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने